Thursday, January 23Nepal News Portal
Shadow

सर्वदलीय बैठक बस्दै


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा बालुवाटारमा आज सर्वदलीय बैठक बस्ने भएको छ। आज बिहान १० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्ने प्रधानमन्त्री देउवाको सचिवालयले जानकारी दिएको छ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले लामो समयदेखि निरन्तर रूपमा प्रतिनिधि सभा बैठक अवरूद्ध गरिरहेको छ। संसदमा देखिएको गतिरोध अन्त्य गर्न यसअगाडि सभामुख अग्निप्रसाद सापकोटाले पनि सर्वदलीय बैठक राखेका थिए। तर उक्त बैठकमा एमालेका अध्यक्ष केपी शर्मा ओली अनुपस्थित रहेका थिए।

संसदको गतिरोध अन्त्यका लागि प्रधानमन्त्री देउवाले पहल थालेका हुन्। प्रधानमन्त्रीको आह्वानमा आज बस्ने सर्वदलीय बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरूलाई बोलाइएको छ।

सभामुख सापकोटाको भूमिकामाथि प्रश्न उठाउँदै एमालेले संसद अवरूद्ध गरिरहेको हो। कारबाही गरेका १४ सांसदको सूची टाँस नगरेको आरोप सभामुख सापकोटामाथि एमालेले लगाएको छ भने पार्टी विभाजन गर्न भूमिका खेलेको पनि आरोप लगाएको छ।

आज पनि संसद बैठक बस्दैछ। दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्दैछ। ओली प्रधानमन्त्री भएका बेला ल्याइएका केही अध्यादेशलाई सरकारले संसदमा पेश गर्ने तयारी पनि गरेको छ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्