Thursday, February 22Nepal News Portal
Shadow

बुद्धभुमि नेपाल हाइड्रोपावरको आईपीओमा आवेदन दिने अन्तिम दिन आज


काठमाडौं । बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।
असोज ११ गतेसोमवार देखि सार्वजनिक निष्कासनमा आएको कम्पनीको आईपीओमा आवेदन आज बैकिङ समयसम्म रहेको छ ।

कम्पनीले सर्वसाधारणका लागि ७ लाख ४४ हजार रुपैयाँ कित्ता शेयर सार्वजनिक निष्कासनमा ल्याएको हो । ८ करोड बराबरको ८ लाख रुपैयाँ कित्ता आईपीओमध्य २ प्रतिशत दरको १६ हजार कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत दरको ४० हजार रुपैयाँ कित्ता सामूहिक लगानीकोषका लागि सुरक्षित गरेको छ ।

आईपीओ खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । आईपीओ विक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै धितोपत्र बोर्डबाट आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका सम्पूर्ण शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै मेरो शेयर मार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ ।

Total Page Visits: 522 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्