Wednesday, October 16Nepal News Portal
Shadow

३२.५१ अंकले घट्यो नेप्से परिसूचक, तीन कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट


काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहिबार (आज) नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक ३२.५१ अंकले घटेर २ हजार ६३३.४२ विन्दुमा रोकिएको छ भने सेन्सेटिभ इन्डेक्स पनि ६.४१ अंकले घटेको छ ।
आज कारोबार रकममा पनि गिरावट आएको छ । आज ३ अर्ब ७० करोड बराबरको कारोबार भएको छ । कारोबारमा आएका १३ ओटा समूहमध्ये तीन समूह बाहेक अन्य सबै समूह घटेका छन् ।

नेप्सेका अनुसार आज कारोबार भएका कम्पनीमध्ये तीन कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयरमूल्य बढ्ने कम्पनीहरुमा नेपाल फाइनान्स, मनकामना स्मार्ट लघुवित्त र मैलुङ खोला जलविद्युत कम्पनी रहेका छन् । आज यी कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ ।

कारोबार रकमको आधारमा आज सबैभन्दा बढी नेपाल बैंक लिमिटेडको भएको छ । यस कम्पनीको आज १२ करोड भन्दा बढीको कारोबार भएको हो ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्