काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा लक्ष्मीप्रसाद शर्मा नियुक्त भएका छन् । बिहिबार (आज) बसेको कम्पनी सञ्चालक समितिले शर्मालाई सीईओ पदमा नियुक्त गराउने निर्णय गरेको हो ।
सोही बैठकले नवनियुक्त सीईओ शर्मालाई कम्पनी सचिवमा नियुक्त गरेको छ । यसअघि संस्थाको सीईओ पदमा लक्ष्मण घिमिरे रहेका थिए ।