Monday, July 22Nepal News Portal
Shadow

न्यादी हाइड्रोपावरको आईपीओ विक्री खुल्ला


काठमाडौं । न्यादी हाइड्रोपावर कम्पनी लिमिटेडले आजदेखि सर्वसाधारणलाई आइपिओ निष्कासन तथा विक्री खुला गरेको छ ।
कम्पनीले २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता आइपिओ निष्कासनमा ल्याएको हो ।

कम्पनीले निष्कासनमा ल्याएको कुल शेयरमध्ये २ प्रतिशत अर्थात ४५ हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १ लाख १२ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएको छ भने बाँकी रहेको २० लाख ९२ हजार ५०० कित्ता शेयरमा सर्वसाधरणले आवेदन दिन सक्नेछन् ।
कम्पनीको आईपीओमा इच्छुक लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि ५० हजार कित्ताका लागि आवेदन दिन सक्ने बिक्री प्रबन्धक ग्लोवल आइएमई बैंकले जनाएको छ ।

उत्त आइपिओमा आवेदन दिने समय छिटोमा असोज १९ गतेसम्म र त्यस अवधिसम्ममा माग अनुसार पर्याप्त आवेदन नपरे असोज ३१ गतेसम्म म्याद थप हुनेछ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्