काठमाडौं । साहस उर्जा कम्पनी लिमिटेडको साधारण सेयर (आईपिओ)को आज बाँडफाड हुने भएको छ ।
कम्पनीकोे आइपिओ ९ बजे बिक्रि प्रबन्धकको कार्यालय लाजिम्पाटमा हुने छ ।
कम्पनीले असोज ६ गतेदेखि ११ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँका दरले ७० लाख कित्ता आइपिओ निष्कासन तथा विक्रि खुला गरेको थियो । जसमध्ये ३ प्रतिशत अर्थात् २ लाख १० हजार कित्ता सेयर कर्मचारीलाई ५ प्रतिशत अर्थात् ३ लाख ५० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याएको थियो भने बाँकी रहेको ६४ लाख ४० हजार कित्ता शेयर सर्वसाधारणलाई छुट्याएको थियो ।