काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक आज बस्दैछ । बैठकमा पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको नामका विषयमा छलफल हुनेछ ।
यसअघि हिजो बसेको स्थायी समितिको बैठकमा मन्त्रिपरिषद्मा सहभागी हुने सदस्यका बारेमा कुनै छलफल नभएको प्रवक्ता कृष्णबहादुर महराले बताएका थिए ।