काठमाडौं । नेपाली कांग्रेस कागेश्वोरी मनहरा नगर अधिवेशनको प्रचार प्रसार विभाग संयोजक लभराम दाहालको सक्रियतामा कागेश्वोरीमा देउवा निकट उद्धब दाहाल नगर सभापतिमा विजयी भएका छन् ।
शनिबार भएको नगर अधिवेशनबाट संस्थापन समूहनिकट दाहालले १५१ मत पाएर नगर सभापतिमा विजयी भएका हुन् । नगर सभापतिका अर्का प्रत्यासी मिठ्ठाराम दाहालले १३८ मत पाएका थिए । सभापतिमा पराजित दाहाल कांग्रेस नेता प्रकाशमान सिंह निकट हुन् ।
दाहालले नगर सभापतिमा निकटतम प्रतिस्पर्धी मिट्ठाराम दाहाललाई १३ मतले पछाडि पार्दै विजयी भए ।