Wednesday, January 15Nepal News Portal
Shadow

नेपाल स्वयंसेवी रक्तदाता समाज बर्दिया शाखाको गठन



बर्दिया । नेपाल स्वयंसेवी रक्तदाता समाज बर्दिया जिल्ला शाखाको गठन गरी जिल्ला स्तरिय भेला सम्पन्न भएको छ । नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यको प्रमुख आतिथ्यतामा स्थानीय ठाकुरबाबा नगरपालिका वडा नं. १ को सभाकक्षमा शनिबार उक्त कार्यक्रम आयोजना गरिएको हो ।

उक्त भेलाले स्वयंसेवी रक्तदाता प्रेम प्रसाद लम्सालको अध्यक्षतामा नेपाल स्वयंसेवी रक्तदाता समाज बर्दिया जिल्ला शाखा गठन गरिएको हो । त्यस्तै उपाध्यक्ष सन्तोष बास्तोला, सचिब श्यमलाल थारू, कोषाध्यक्ष हिमालय त्रिपाठी र सदस्यहरूमा क्रमशः यज्ञप्रसाद नेपाल, गोपाल निरौला, उमा कुमारी मल्ल, शंकर थारू, महमोद अलि मनिहार र भोजराज बराल सर्वसम्मत चयन गरिएको छ ।

कोभिड–१९ ले चौतर्फी आक्रान्त बनाउँदै ‘लकडाउन’को सामना गरिरहेको कठिन घडिमा स्वयंसेवी रक्तदाताहरू यो असहज परिस्थितिमा संगठित भई कसरी पीडितलाई रगत र रगतबाट तयार पारिएका रक्त तत्वहरूको आपूर्ति गर्न जिल्ला शाखा गठन गरिएको बताइएको छ ।

कार्यक्रममा भेलाका प्रमुख अतिथि कर्माचार्यलाई फूलमाला पहराई बिशेष रूपमा सार्वजनिक सम्मान प्रदान गर्दै स्थानीय उत्पादन ढकिया मायाको चिनो स्वरूप प्रदान गरिएको थियो । त्यसैगरि नेपाल स्वयंसेवी रक्तदाता समाजको आजीवन सदस्यता लिएका सदस्यहरूलाई सदस्यता पत्र बितरण गरिएको थियो ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्