Saturday, January 25Nepal News Portal
Shadow

रामशरण थपलियाले पाए त्रिविबाट विद्यावारिधी उपाधि


काठमाडौं । नेपाली कांग्रेसका युवा नेता रामशरण थपलियाले त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि (पीएचडी) उपाधि हासिल गरेका छन् ।

थपलियाले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्र अन्तर्गत “The Role of Nepali political parties in democracy Building” विषयमा (पीएचडी) उपाधि हासिल गरेका हुन् । उनले प्रस्तुत गरेको शोध प्रबन्धलाई त्रिभुवन विश्वविद्यालयको रिसर्च कमिटीले आइतबार स्वीकार गरेको हो ।

सो अवसरमा उनले पर्यवेक्षक, सह–पर्यवेक्षक, रेक्टर, डिन लगायत शोध तयार गर्दा सहयोग गर्ने सबैलाई विशेष आभार प्रकट गरेका छन् । उनी कांग्रेसको काठमाडौं क्षेत्र नं ७ अन्तर्गत वडा नं १६ का निर्वाचिन क्षेत्रीय प्रतिनिधि हुन ।

 

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्