काठमाडौं, ६ मंसिर (ससं) । पछिल्लो २४ घण्टामा थप १ हजार ६७४ जनामा कोरोनाभाइरस (कोभिड(१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १८ हजार ६३९ संक्रमितको संख्या पुगेको छ ।
मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १६ लाख ५२ हजार ४३ परीक्षणहरु गरिएका छन् । २४ घण्टामा जम्मा ८ हजार १४४ पीसीआर परीक्षण भएका छन् । देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म २४ हजार ९छ भने हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ७५७ जना रहेका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा २ हजार ३२३ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । नेपालमा योसँगै निको हुनेको संख्या १ लाख ९३ हजार ३२५ पुगेको छ ।
त्यसका साथै २४ घण्टामा कोरोना संक्रमणबाट ७ जनाको मृत्यु भएको छ भने हालसम्म मृत्यु हुनेको संख्या १ हजार ३०५ पुगेको छ ।