काठमाडौं । न्यादी हाइड्रोपावर कम्पनी लिमिटेडको साधारण सेयर (आइपिओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ । असोज १५ गतेदेखि निष्कासन तथा बिक्री खुला गरेको आइपिओमा आवेदन दिने आज अन्तिम दिन हो ।
कम्पनीले २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता सेयर निष्काशनमा ल्याएको हो । आइपिओमा प्रतिकित्ता १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन ।
कम्पनीले निष्काशन गरेको कुल सेयरमध्ये २ प्रतिशत अर्थात ४५ हजार कित्ता सेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १ लाख १२ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएको छ भने बाँकी रहेको २० लाख ९२ हजार ५०० कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।