Wednesday, February 21Nepal News Portal
Shadow

अछाममा पनि नेपाल स्वयंसेवी रक्तदाता समाजको सञ्जाल पुग्यो, जिल्ला स्तरीय भेला सम्पन्न



अछाम । नेपाल स्वयंसेवी रक्तदाता समाजले अछाम जिल्लामा कार्यसमिति विस्तार गरेको छ । स्वयंसेवी रक्तदाता बीरबहादुर बोहराको अध्यक्षतामा नेपाल स्वयंसेवी रक्तदाता समाज अछाम जिल्ला शाखा गठन गरिएको हो । उपाध्यक्षमा चेत बिक्रम शाह, सचिबमा कृष्णबहादुर थकुल्ला, कोषाध्यक्षमा जीवन बहादुर बुढा र सदस्यहरूमा क्रमशः मीनबहादुर राना, तपेन्द्र भण्डारी,जनक कडायत र हिक्मत धामी सर्वसम्मत चयन गरिएको छ भने समितिको सल्लाहकारमा टक्कर शाह, उमेश कंवर, चन्द्रमणि भाट, गंगबहादुर खड्का, पुष्प बिष्ट र दानबहादुर बुढा रहेका छन् ।

 

उक्त समितिको गठन भएसँगै जिल्ला स्तरीय भेला साँफेबगर नगरपालिका वडा नं. ४ मा स्थानीय बुढीगंगा होटलमा आयोजना गरि सम्पन्न भएको छ । कोरोना भाईरस कोभिड–१९ ले चौतर्फि आक्रान्त बनाउँदै लकडाउनको सामना गरिरहेको कठिन घडिमा स्वयंसेवी रक्तदाताहरू यो असहज परिस्थितिमा संगठित भई कसरी पीडितलाई रगत र रगतबाट तयार पारिएका रक्त(तत्वहरूको सहज तवरले आपूर्ति गर्न सकिन्छ भनि साँफेबगर नगरपालिका(४ सुदूरपश्चिम प्रदेशमा नेपाल स्वयंसेवी रक्तदाता समाज अछाम जिल्लामा रक्तदान सम्बन्धि उत्प्रेरणनार्थ एक अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गरिएको थियो ।

 

भेलाका प्रमुख अतिथि नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यलाई खादा पहिराई बिशेष रूपमा सम्मान प्रदान गर्दै स्थानीय उत्पादन छाप्रो मायाको चिनो स्वरूप प्रदान गरिएको थियो ।

Total Page Visits: 676 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्