Tuesday, June 18Nepal News Portal
Shadow

बढ्यो सुनको मूल्य


काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ८९ हजार ९ सयमा कारोबार भएकोमा आज तोलामा पाँच सयले बढेको हो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ४ सय रहेको छ भने तेजावी सुनको मूल्य ८९ हजार ९५० रहेको छ । त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । हिजो चाँदीको मूल्य १ हजार १६० मा कारोबार भएकोमा आज बढेर प्रतितोला ११७० मूल्य कायम गरिएको महासंघले जनाएको छ ।

Total Page Visits: 778 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्