Wednesday, September 18Nepal News Portal
Shadow

नेप्से परिसूचक १८ अंकले घटेर बन्द, साढे ४ अर्बको शेयर कारोबार



काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक १८.५३ अंकले घटेर बन्द भएको छ । गत कारोबार दिनको तुलनामा परिसूचक ०.६९ प्रतिशतले घटेर आज २६६२.५८ विन्दुमा रोकिएको हो ।

गत कारोबार दिन लगातार दुई दिन बढेर बन्द भएको बजार आज भने घटेर बन्द भएको छ ।

२२० धितोपत्र ७२ लाख ५१ हजार कित्ता ४ अर्ब ४९ करोड ८० लाख रुपैयाँमा खरिद विक्री भएको छ । आज सर्वाधिक मूल्य वृद्धि हुने धितोपत्रहरुमा मैलुङ्ग खोला जल विद्युत कम्पनी लिमिटेड, जीवन विकास लघुवित्त वित्तीय संस्था र महिला लघुवित्त वित्तीय संस्था रहेका छन् । यी धितोपत्रहरुको मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।

सर्वाधिक मूल्यको धितोपत्र खरिद विक्री महिला लघुवित्त वित्तीय संस्थाको भएको छ । यो धितोपत्रको १८ करोड ९३ लाख रुपैयाँभन्दा बढीको करोबार भएको छ ।
त्यस्तै जीवन विकास लघुवित्त वित्तीय संस्थाको १८ करोड ३८ लाख रुपैयाँको कारोबार भएको छ ।

आज कारोबारमा आएको १३ समूहमध्ये ३ वटाको परिसूचक वृद्धि भएको छ । परिसूचक वृद्धि हुनेमा फाइनान्स समूह ०.२९ प्रतिशत, जीवन बीमा समूह ०.५ प्रतिशत र म्युचुअल फण्ड समूह ०.७६ प्रतिशतल रहेका छन् ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्