Monday, February 10Nepal News Portal
Shadow

सुन र चाँदीकै मूल्य बढ्यो, कतिमा कारोबार ?


काठमाडौं । बुधबार स्थानीय बजारमा सुन र चाँदीकै मूल्य बढेर कारोबार भएको छ । आज सुनको मूल्य प्रतितोला १०० रुपैयाँ बढेर ९१ हजार ४०० रुपैयाँमा कारोबार भएको हो । छापावाल सुनको मूल्य सोमबार भने प्रतितोला ९१ हजार ३०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो दिन तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार ९०० रुपैयाँमा कारोबार हुनेछ जुन सोमवार भने प्रतितोला ९० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

बुधवार चाँदीको मूल्य भने सोमवारको तुलनामा प्रतितोला १० रुपैयाँ बढेर १ हजार २३५ रुपैयाँ पुगेको छ । चाँदी सोमवार प्रतितोला १ हजार २२५ रुपैयाँमा कारोबार भएको थियो ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्