काठमाडौं । बैंक अफ काठमाण्डूले लाभांश घोषणा गरेको छ । गत आर्थिक वर्षको मुनाफाबाट बैकले आफ्ना शेयधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।
सोमबार (हिजो) बसेको संचालक समितिको बैठकले १० प्रतिशत बोनस र कर प्रयोजनको लागि ४ प्रतिशत नगद गरि जम्मा १४ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।