काठमाडौं, ७ मंसिर (ससं)। नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप १६ जनाको मृत्यु भएको छ।
गत २४ घण्टाभित्र विभिन्न अस्पतालमा उपचाररत् उनीहरूको मृत्यु् भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक हजार २२१ पुगेको छ।
गत २४ घण्टामा थप एक हजार ६६९ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख २० हजार ३०८ पुगेको छ।