Deprecated: Optional parameter $networks declared before required parameter $settings_networks is implicitly treated as a required parameter in /home/udhyognews/public_html/wp-content/plugins/social-pug111/inc/functions-admin.php on line 383
खुल्यो ड्राइभिङ लाइसेन्सको फारम – Udhyognews.com
Wednesday, June 11Nepal News Portal
Shadow

खुल्यो ड्राइभिङ लाइसेन्सको फारम


काठमाडौं । यातायात व्यवस्था विभागले कोरोना बढेसँगै रोकेको सवारी चालन अनुमति पत्र (लाइसेन्स) को नयाँ फारम पुन खुला गरेको छ।

निषेधाज्ञा भएसँगै बैशाख १६ गतेदेखि रोकिएको लाइसेन्सको नयाँ फारम पुःन खुलेको हो।

कोरोना भाइरस संक्रमण बढेसँगै जारी निषेधाज्ञाका कारण रोकिएको लाइसेन्सको परीक्षा भने विभागले भदौ २० बाट सुरु गरेको थियो। यातायात व्यवस्था विभागले भदौ दोस्रो साता परीक्षा सञ्चालन मापदण्ड तय गरेर परीक्षा सञ्चालन गर्ने निर्णय गरेको थियो।

तर लाइसेन्स लिन चाहनेहरूका लागि भने नयाँ फारम खोलिएको थिएन। विभागले दशैँपछि लाइसेन्सको नयाँ फारम खोल्ने बताउँदै आएको थियो। नयाँ लाइसेन्स लिन चाहने सेवाग्राहीको संख्या बढ्दै गएकाले फारम खुला गरिएको विभागले जानकारी दिएको छ। फारम विभागको वेबसइटमा गएर भर्न सकिने छ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्