Thursday, March 20Nepal News Portal
Shadow

घट्यो सुनको मूल्य, प्रतितोला कतिमा कारोबार ?


काठमाडौं । स्थानीय बजारमा निरन्तर उकालो लागेको सुनको मूल्य आज घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो प्रतितोला ९२ हजार ६ सयमा कारोबार भएको सुनको मूल्य आज तोलामा ६ सयले घटेको हो ।
आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार रहेको छ भने तेजावी सुनको मूल्य ९१ हजार ५ सय रहेको छ । त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । हिजो चाँदीको मूल्य १ हजार २६५ मा कारोबार भएकोमा आज १५ रुपैयाँले घटेर प्रतितोला १ हजार २५० रुपैयाँ कायम भएको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्