Wednesday, April 16Nepal News Portal
Shadow

दोहोरो अंकले बढ्यो नेप्से


काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको चौथो दिन बुधबार (आज) दोहोरो अंकको बृद्धि भएको छ । आज नेप्से परिसूचक १८.०६ अंकले बढेर २ हजार ७ सय ६९.१३ विन्दुमा पुगेको छ ।

त्यस्तै, आज नेप्सेमा ६ अर्ब ६१ करोड २६ लाख बराबरको कारोबार भएको छ । मंगलबार ६ अर्ब ३१ करोड ८३ लाख बराबरको कारोबार भएकोे थियो । आज १३ ओटा समूहमध्ये चार वटा समूह बाहेक अन्य सबै समूह बढेका छन् ।

नेप्सेका अनुसार आज कारोबार भएका कम्पनीमध्ये एक कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयरमूल्यमा उच्च बृद्धि हुने कम्पनीमा बेस्ट फाइनान्स कम्पनी रहेको छ ।
आज कारोबारको आधारमा सबैभन्दा बढी कारोबार नबिल बैंकको भएको छ । यस बैंकको आज ४३ करोड भन्दा बढीको कारोबार भएको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्