काठमाडौं । साहस उर्जा कम्पनी लिमिटेडको आइपीओ शेयरधनीको डिम्याट खातामा देखिएको छ । आईपिओ बुधवार (आज) शेयरधनीको डिम्याट खातामा जम्मा भएको हो ।
कम्पनीको शेयर सुचिकृत प्रक्रियामा रहेको छ । कम्पनीले भदौ ६ गते देखि १० गते सम्म ७० करोड रुपैयाँ बरावरको ७० लाख कित्ता आइपीओ निष्कासन गरेको हो ।
निष्कासन गर्ने कुल कित्ता मध्ये ३ प्रतिशत अर्थात २ लाख १० हजार कित्ता शेयर कर्मचारीको लागि र ५ प्रतिशत अर्थात ३ लाख ५० हजार कित्ता शेयर सामुहिक लगानी कोषको लागि छुट्याएको छ । बाँकी रहको ६४ लाख ४० हजार कित्ता शेयर सर्वसाधारण को लागि निष्कासन गरेको थियो ।