काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्र वृद्धि गर्न उद्योगधन्दाहरु धेरै सञ्चालन गर्न आवश्यक रहेको बताएका छन्। शुक्रबार १४औं गोदावरी पुष्प प्रदर्शनी–२०७८ को उद्घाटन गर्दै अर्थमन्त्री शर्माले देशको अर्थतन्त्र वृद्धि गर्न उद्योगधन्दाहरु बढाउनुपर्ने बताए ।
उनले नेपालमै भएका कच्चापदार्थ र बाहिरबाट कच्चापदार्थ ल्याएर भएपनि उद्योगधन्दाहरू स्वदेशमै खोलिनुपर्ने भन्दै त्यसका लागि के सहयोग गर्नुपर्छ सरकार तयार रहेको बताए । देशको अर्थतन्त्रलाई बलियो बनाउन उद्योगधन्दा र खेतिपातीलाई सरकारले प्रोत्साहन गरिरहेको उनको भनाइ छ ।
अर्थमन्त्री शर्माले नेपालमा पुष्प खेतीको आकर्षण बढ्दै गएको पनि बताए। उनले पुष्प व्यवसायले देशको अर्थतन्त्रलाई बढाउने बताउँदै जनताको पसिनाबाट उठाइएको राजस्व जनताकै लागि खर्च गर्ने बताए।