लमजुङ । स्वयंसेवी रक्तदातहरूको संख्यामा बृध्दि गर्न नेपाल स्वयंसेवी रक्तदाता समाज, लमजुङ जिल्ला शाखाको बिशेष सहयोगमा लायन्स कल्ब अफ लमजुङले बृहत् रक्तदाता उत्प्रेरणा कार्यक्रमको आयोजना सम्पन्न गरेको छ । नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यको प्रमुख आतिथ्यतामा शुक्रबार स्थानीय बेसीशहर,लमजुङमा उक्त कार्यक्रम सम्पन्न गरिएको हो ।
कोभिड–१९ को महामारीले रक्त व्यवस्थापनमा पारेको नकारात्मक प्रभावलाई न्यूनीकरण गर्दै उपचारका क्रममा पीडित पक्षलाई रगत र रगतबाट तयार पारिएका रक्त–तत्वहरूको उपलब्धतामा सहजता मिल्न सकोस् भनि नेपाल स्वयंसेवी रक्तदाता समाजद्वारा रक्तदान गराउन देशभर गरिएको आह्वानलाई सार्थक तुल्याउँन स्वयंसेवी रक्तदातहरूको संख्यात्मक बृध्दि पनि हुँदै आएको छ ।
लयान बिजय घिमिरेको सभापतित्वमा सञ्चालित उक्त स्वयंसेवी रक्तदाता उत्प्रेरणा कार्यक्रममा बिशेष अतिथिहरू क्रमशः लमजुङ सामुदायिक अस्पतालका प्रमुख हेमन्त श्रेष्ठ, डा. यादब त्यसैगरी अतिथिहरूमा नेपाल स्वयंसेवी रक्तदाता समाज लमजुङ जिल्ला शाखाका अध्यक्ष सुरेश प्रधान,डिष्ट्रिक चेयर पर्सन तारा राज गाभे, नेपाल टेलरिङ्ग ब्यबसाय महासंघका अध्यक्ष गोपाल परियार रहेका थिए ।
कार्यक्रमको मुख्य आकर्षण र प्रमुख उत्प्रेरकवक्ताको रूपमा काठमाडौंदेखि लमजुङ पुगेका कार्यक्रमका प्रमुख अतिथि कर्माचार्यले आफूले नै तय गरेको ‘प्रत्येक स्वस्थ युवायुवतीहरूले आफ्नो १८औं वर्षको जन्मोत्सवसँगै रक्तदानको शुभारम्भ गरौं !’ भन्ने नारालाई सार्थक सिध्द गर्न तयार पारिएको ‘अठार वर्ष पैतालिस किलो, रक्तदान गर्न नगरौं ढिलो’ बोलको गीतबाट साँगीतिक प्रस्तुति गर्दै सभाकक्षमा उपस्थित सबैको ध्यान एकाग्रह तुल्याएर रक्तदाता उत्प्रेरणामा यस गीतले दिन खोजेको सन्देश माथि प्रकाश पार्दै उपस्थित सबैलाई उत्प्रेरित बनाउन प्रयास गरेका थिए । यसै नारालाई थप ब्यवहारमा उतार्न र प्रभावकारिताका साथ परिणाम मुखि बनाउन उनले १८ वर्षको सुरुवातसँगै आम युुवाहरुलाई समूहमा जोडिन आग्रह गरे । यस्तो सिद्धान्त सबैले व्यबहारमा ल्याउन सकेमा स्वयंसेवी रक्तदाताहरूको संख्यामा गुणात्मक बृध्दि हुन जाने उनको भनाइ छ ।
“Start 18 Stars Team” अवधारणाको पूर्ण अंश
म रक्तदान गर्नेछु ।
मैले रक्तदान गर्न शुरू गरें ।
नियमित रक्तदान सामाजिक दायित्व हो ।
“Start 18 Stars Team”
उच्च मा. बि. पढ्दै गरेका वा सो सरह उमेरका स्वस्थ युवायुवतीहरूलाई रक्तदानप्रति उत्प्रेरणा जगाई आफ्नो १८ औं वर्षको जन्मोत्सब रक्तदान गरि मनाउन प्रोत्साहित गर्नु यो अवधारणाको प्रमुख उद्देश्य हो ।
यसरी आफ्नो १८ औं वर्षको जन्म दिन रक्तदान गरि मनाउंदै प्रत्येक तीनरतीन महिनाको अन्तरालमा नियमित रक्तदान गर्दै रगत र रक्त तत्वहरूको आपूर्तिमा सहज बनाउन योगदान पुर्याउनु यसको मुख्य लक्ष्य रहेको छ ।
माथि उल्लेखित उमेरका युवायुवतीलाई संगठित गर्दै यसको उद्देश्यनुरूप उक्त समूहलाई सहि तवरले परिचालन गर्दै स्थानीय स्तरमा उ।मा।वि। र सो सरह उमेर पुगेकाहरू बीच समन्वय गरि रक्तदान कार्यलाई प्रभाबकारि ढंगबाट समाजमा संचालन गर्नु यो अवधारणाको प्रमुख कार्य हुनेछ । यसले नयाँ नयाँ रक्तदाताहरूको बृध्दि हुने क्रम बढ्ने बिश्वास लिएको छ । यदि कोहि पनि १७ वर्ष पूरा गरि १८ वर्ष पुगेर आफ्नो जन्मदिन रक्तदान गरि मनाउन चाहनु हुन्छ भने हामी तपाईंको घरमा आई परिवारजन,आफन्त र साथि भाइहरू बीच रक्तदान गराउने व्यवस्था मिलाउने छौं । यसबाट तपाईंलाई शुभकामना व्यक्त गर्ने सौभाग्य प्राप्त हुने आशा एवं विश्वास लिएका छौं ।