काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमको शुक्रबार बसेको सञ्चालक समितिले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गर्ने निर्णय गरेको निगमले जनाएको हो ।
आजदेखि पेट्रोल, मट्टिलेत, डिजेल र एलपी ग्यासको मूल्य वृद्धि भएको छ । पेट्रोल प्रति लिटर ३ रुपैयाँ बढाएर १३३ रुपैयाँ प्रति लिटर भएको छ । त्यस्तै, मट्टितेल र डिजेलको मूल्य ११६ रुपैयाँ बनाएको निगमले जनाएको छ । त्यस्तै खाना पकाउने ग्यासको मूल्यमा ५० रुपैयाँले वृद्धि गरि एक हजार पाँच सय रुपैयाँ बनाएको छ ।
आन्तरिक तथा बाहृय हवाई ईन्धनमा साबिकको बिक्रि मूल्यमा प्रतिलिटर १० रुपैयाँले वृद्धि गरी आन्तरिक हवाई इन्धनको मूल्य प्रति लिटर ९६ रुपैयाँ तथा अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रति किलो लिटर अमेरिकी डलर ८५३ प्रति किलो लिटर कायम गरिएको छ ।