Monday, July 15Nepal News Portal
Shadow

एमएस बिलेटको आयात घट्यो


काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले ल्याएको पूरक बजेटमा फलामे कच्चा पदार्थको भन्सार महसुलमा गरिएको परिवर्तनको कारण बिलेटको आयात कम हुन थालेको । गत आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिका तुलनामा चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा बिलेटको आयात घट्न थालेको हो ।
अर्थमन्त्री शर्माले गत भदौ २४ गते पूरक बजेट प्रस्तुत गर्दै मेल्टिङ युनिटले प्रयोग गर्ने स्पन्ज आइरन र फलामे स्क्रयाप आयात गर्दा लाग्ने ५ प्रतिशत भन्सार महसुल र किलोमा १ रुपैयाँ ६५ पैसा अन्तःशुल्कलाई शून्य बनाएका थिए।

यसका साथै बिलेटमा आधारित उद्योगमा कच्चा पदार्थका रूपमा प्रयोग हुने एमएस बिलेटको पैठारी गर्दा ५ प्रतिशत भन्सार महसुललाई यथावत् राखेर किलोमा १ रुपैयाँ ६५ पैसाको अन्तःशुल्कलाई २ रुपैयाँ ५० पैसा निर्धारण गरेका थिए।

 

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्