काठमाडौं । एनएमबी बैंक लिमिटेडले गत आ.व नाफाबाट आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।
बैंकको १२ कात्तिकमा बसेको बैंकको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको १२.५ प्रतिशत बोनस शेयर र ३.३ प्रतिशत नगद लाभांश गरी कुल १५.८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
उक्त प्रस्ताति लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि मात्र शेयरधनीले पाउनेछन् ।