Friday, December 6Nepal News Portal
Shadow

विराटनगरका उद्योगमा साढे दुई अर्बको क्षति


काठमाडौं। दुई हप्ताअघि आएको बेमौसमी वर्षा र बाढीका कारण सुनसरी–मोरङ–कटहरी औद्योगिक क्षेत्रका ४१ उद्योगमा २ अर्ब ४७ करोड १७ लाख बराबरको क्षति भएको छ।उद्योग सङ्गठन मोरङले बाढीग्रस्त उद्योगमा गरेको १० दिने अध्ययनले साढे २ अर्ब बराबरको नोक्सानी भएको देखाएको हो।
सङ्गठन स्रोतले उद्योगमा भएको अकल्पनीय क्षतिले अर्थतन्त्रमा दूरगामी र गम्भीर प्रभाव पर्ने बताएको छ ।स्रोतका अनुसार उद्योगका मेसिन औजारमा ९८ करोड १७ लाख, कच्चा मालवस्तुमा ७१ करोड २५ लाख, तयारी मालवस्तुमा ७६ करोड ४ लाख र सरसफाइ तथा फोहर व्यवस्थापनमा १ करोड ७१ लाख बराबरको क्षति भएको छ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्