Monday, April 14Nepal News Portal
Shadow

भाइटीकाको साइत ११ः०२ बजे


काठमाडौं । यस वर्ष भाइटीकाको साइत ११ः०२ मा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । कार्तिक २० गते बिहान ११ः०२ बजेका लागि भाइटीकाको साइत रहेको समितिले जनाएको हो ।

कार्तिक १६ गते मंगलवार यमदीपदान, धनत्रयोदशी ९धन्तेरस०, धन्वन्तरी जयन्ती रहेको छ। कार्तिक १७ गते बुधवार काग तिहार, कुकुर तिहार नरकचतुर्दशी रहेको समिति जनाएको हो।

त्यस्तै, १८ गते, विहिवार लक्ष्मीपूजा, दीपमालिका, सुखरात्रि, १९ गते, शुक्रवार गोबर्धनपूजा, गोवलीपूजा, हलितिहार, म्हपूजा, ने सं ११४२ प्रारम्भ हुने दिन रहेको छ भने कार्तिक २० गते शनिवार यमद्वितीया भाइटीको साइत विहान ११ः२ बजे रहेको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्