काठमाडौं । साताको दोस्रो कारोबार दिन आज सोमबार नेपाल स्टक एक्सेञ्ज (नेप्से) दोहोरो अंकले गिरावट भएको छ । सोमबार नेप्से परिसूचक १७.७५ अंकले घटेर २ हजार ८१९.८७ विन्दुमा रोकिएको छ । त्यस्तै सेन्सेटिभ इन्डेक्स पनि १.८८ अंकले घटेर ५२८.५८ विन्दुमा रोकिएको छ ।
सोमबार ७ अर्ब ७७ करोड ७५ लाख बराबरको कारोबार भएको छ । आज मानुषी लघुवित्त, साहास उर्जा र पाँचथर पावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । मानुषी लघुवित्तको शयेर १० प्रतिशतको वृद्धि भएको छ भने साहास उर्जाको शेयरमा ९ प्रतिशतभन्दा बढीले मूल्य बढेको छ । त्यस्तै, पाँचथर पावरको शेयर पनि ९ प्रतिशतभन्दा बढीले बढेको छ ।