Sunday, February 16Nepal News Portal
Shadow

नेप्से २६.४४ अंकले बृद्धि, ४ अर्बको कारोबार


काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार (आज) बजार दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक २६.४४ अंकले वृद्धि भएर २ हजार ७१५.३५ विन्दूमा बन्द भएको हो । सेन्सेटिभ इन्डेक्स ४.१० अंकले वृद्धि भएर ५०६.५४ विन्दूमा बन्द भएको छ ।

आज २२८ ओटा धितोपत्रको ८६ लाख ३६ हजार ६३६ कित्ता शेयर ४ अर्ब ७३ करोड ४६ लाख ५१ हजार ४४४ रुपैयाँमा खरिद विक्री भएको छ ।
कारोबारमा आएका १३ ओटा समूहमध्ये १३ ओेटै समूहको परिसूचक बढेको छ । आज २ ओटा कम्पनीको शेयर मूल्यमा उच्च वृद्धि आएको छ ।
त्यस्तै, कारोबार रकमको आधारमा महालक्ष्मी बिकास बैंक लिमिटेड अग्रिम स्थानमा रहेको छ । बैकको ३५ करोड ४६ लाख ४० हजार बराबरको शेयर खरिद विक्री भएको नेप्सेले जनाएको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्