Thursday, January 23Nepal News Portal
Shadow

६९.२२ अंकले बढ्यो नेप्से, साँढे ५ अर्बको कारोबार


काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार (आज) शेयर बजार हरियाली देखिएको छ । आज नेप्से परिसूचक ६९.२२ अकंले बढेर २ हजार ७८४.५७ विन्दूमा रोकिएको छ । सेन्सेटिभ इन्डेक्स पनि १४.९२ अंकले वृद्धि भएर ५२१.४६ विन्दूमा रोकिएको छ ।

मंगलबार कूल २२७ ओटा धितोपत्रको १ करोड ९३ हजार २२१ कित्ता शेयर ५ अर्ब ५२ करोड १६ लाख रुपैयाँमा खरिद विक्री भएको छ । कारोबारमा आएका १३ ओटा समूहमध्ये १३ ओटै समूहको परिसूचक बढेको छ । आज १३ कम्पनीको शेयरमूल्य सर्वाधिक वृद्धि भएको छ । शेयर मूल्य सर्वाधिक वृद्धि हुनेमा  नेपाल बंगलादेश बैंक, नेपाल दुरसञ्चार प्राधिकरण, महालक्ष्मी विकास बैंक, मानुषी लघुवित्त, पञ्चकन्यामाई हाइड्रोपावर, अप्पर तामाकोशी हाइड्रोपावर, मैलुङखोला जलविद्युत कम्पनी, तेह्रथुम पावर कम्पनी, बोटलर्स नेपाल तराई लिमिटेड, प्रभु इन्स्योरेनस, लिवर्टी इनर्जी, नेशनल हाइड्रोपावर र हिमाल दोलखा हाइड्रोपावर कम्पनी रहेका छन् ।

कारोबार रकमको आधारमा आज पनि महालक्ष्मी बिकास बैक नै अग्र स्थानमा रहेको छ । यो कम्पनीको आज ३७ करोड २६ लाख ८८ हजार रुपैयाँ बराबरको शेयर खरिद विक्री भएको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्