काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको चौथो वार्षिक साधारण सभा मंसिर २२ गते बस्ने भएको छ । कम्पनीको कार्तिक २९ गते बसेको सञ्चालक समितीको बैठकले साधारण सभा बस्ने निर्णय गरेको हो ।
सभा हिमालय द्धश्य होटल,धुलिखेल,काभ्रेमा बिहान १०ः३० बजे बस्ने भएको छ । उक्त सभाले ४७.५ प्रतिशत बोनस शेयर र २.५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यसैगरी सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने,लेखापरिक्षकको नियुक्त र निजको पारीश्रमिक निर्धारण गर्ने,सर्वसाधारण समूहबाट दुई जना सञ्चालकको निर्वाचन गर्ने र अनय कुनै पनि लघुवित्त सँग गाभ्ने गाभिने सम्बन्धी सम्पूर्ण प्रक्रिया डाडि बढाउन सञ्चालक समितीलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि मंसिर १८ गते एक दिन बुक क्लोजको निर्णय गरेको छ । यस आधारमा मंसिर १५ गते सम्म कायम शेयरधनीले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्नेछन् ।