Monday, June 17Nepal News Portal
Shadow

स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यले गरे १६८औं पटक रक्तदान


डोटी । नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यले १६८औं पटक रक्तदान गरेका छन् । दिपायल सिलगुढी नगरपालिकामा कात्तिक २९ गते सोमबार रक्तदान शिबिरको उद्घाटन गर्दै कर्माचार्यले १६८औं पटक रक्तदान गरेका हुन् । उनले यस अघि धादिङ शाखाले आयोजना गरेको एक कार्यक्रममा १६७ पटक रक्तदान गरेका थिए । ‘रक्तदान गरी गरौं जीवन दान’ भन्ने नारालाई उनले आफूले मात्रै होइन, ५ हजारभन्दा बढी युवालाई पनि आत्मसात गर्न प्रेरित गरेका छन् ।

त्यस्तै कर्माचार्यको प्रमुख आतिथ्यतामा नेपाल स्वयंसेवी रक्तदाता समाज डोटी जिल्ला शाखा गठन गरि डोटी जिल्ला स्तरिय भेलासमेत गरिएको छ । उक्त भेला दिपायल सिलगुढी नगरपालिकाको सभाकक्षमा आयोजना गरिएको थियो ।

उक्त भेलाले स्वयंसेवी रक्तदाता सुशिल घर्तीको अध्यक्षतामा डोटी जिल्ला शाखा गठन गरेको हो । नव गठित जिल्ला कार्यसमितिमा उपाध्यक्ष प्रशिस महरा, सचिब बिजयराज श्रेष्ठ, कोषाध्यक्ष बिस्ना के.सी. र सदस्यहरूमा क्रमशः धर्मराज जोशी, नरेश मलासी, शेरबहादुर बोगटी, खेमराज गुरूङ, उत्तम खड्का, अभिषेक के.सी.,अमित अमात्य, रामचन्द्र भट्ट र प्रकाश के.सी. सर्वसम्मत चयन भएका छ् ।

कोभिड–१९ ले चौतर्फि आक्रान्त बनाउँदै रक्त व्यवस्थापनमा पारेको नकारात्मक प्रभावलाई न्यूनिकरण गर्न स्वयंसेवी रक्तदाताहरूलाई थप अझबढि संगठित बनाई पीडितलाई कसरी रगत र रगतबाट तयार पारिएका रक्त–तत्वहरूको सहज तवरले आपूर्ति गर्न सकिन्छ भन्ने क्रममा अन्तर कृयात्मक कार्यक्रमको आयोजना गरि जिल्ला शाखा गठन गरिएको बताइएको छ ।

साथै डोटेली समाज काठमाडौंको बिशेष संयोजनमा सगरमाथा हेल्थ फाउण्डेशन र हेल्थ फाउण्डेशन नेपालले प्रा. डा. दीपक महराको सभापतित्वमा निःशुल्क दन्त शिबिरको आयोजना गरि सञ्चालन गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम ७ नम्बर प्रदेश सभासद् भरत बहादुर खड्काले काठमाडौंबाट डोटी पुु्गेका कर्माचार्यलाई रक्तदान शिबिरको उद्घाट गर्न रक्तदान गर्न रक्त संकलन थैली हस्तान्तरण गरेका थिए ।

उक्त कार्यक्रममा कर्माचार्यलाई दिपायल सिलगुढी नगरपालिकाद्वारा नगरबासीको तर्फबाट नगर प्रमुख मञ्जु मलासीले दोसल्ला ओढाई सम्मान–पत्र प्रदान गरि बिशेष रूपमा सार्वजनिक सम्मान गरेकी थिइन् ।

Total Page Visits: 1340 - Today Page Visits: 2
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्