काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार (आज) नेप्से दोहोरो अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक १६.९५ अंकले बढेर २ हजार ८१.५२ विन्दूूमा पुगेर बन्द भएको छ । सेन्सेटिभ इन्डेक्स पनि ३.९८ अंकले वृद्धि भएर ५२४.४४ विन्दूूमा बन्द भएको छ ।
आज २२४ ओटा धितोपत्रको १ करोड १९ लाख ४३ हजार कित्ता शेयर ७ अर्ब ३७ करोड ९४ लाख रुपैयाँमा खरिद विक्री भएको छ । १३ ओटा समूूहमध्ये ७ ओटा समूहको परिसूचक बढेको छ भने बाँकी रहेका ६ ओटा समूहको परिसूचक घटेको छ ।
आज कारोबार भएका कम्पनीमध्ये छ कम्पनीको शेयरमूल्य सर्वाधिक बृद्धि भएको छ । शेयरमूल्य सर्वाधिक बृद्धि हुनेमा पञ्चकन्यामाई हाइड्रोपावर, अप्पर तामाकोशी हाइड्रोपावर, मानुषी लघुवित्त, तेह्रथुम पावर कम्पनी, नेपाल बंगलादेश बैंक र मैलुङखोला जलविद्युत कम्पनी रहेका छन् । आज यी कम्पनीहरुको शेयरमूल्य आज सर्किट लेभलमा बृद्धि भएको हो ।
आज कारोबार रकमको आधारमा नेपाल टेलीकमले सर्वाधिक हिस्सा ओगटेको छ । यो कम्पनीको ५८ करोड भन्दा बढीको शेयर खरिद विक्री भएको हो ।