काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा २९६ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा २७१ जना र एन्टिजन परिक्षण गर्दा २५ जना गरि जम्मा २९६ जना नयाँ संक्रमित थपिएका हुन् ।
त्यस्तै, पछिल्लो २४ घण्टामा ३६९ जना कोरोनामुक्त भएका छन् भने ५ जनाको मृत्युु भएको छ ।