विद्यार्थीलाई विदेश अध्ययनका लागि पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जनालाई महानगरीय प्रहरी वृत्त तीनकुनेले पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्याङ्जा घर भई हाल काठमाडौं मूलपानी बस्दै आएका ३६ वर्षीय सुरज केसी छन् ।
केसी बिग एजुकेशन फाउन्डेसनका सञ्चालक हुन् । उनलाई शुक्रबार बानेश्वरबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
उनले विभिन्न कम्पनी तथा विद्यार्थीलाई ठगी गरेको उजुरी आएको वृत्तका प्रमुख डीएसपी मिङ लामाले जानकारी दिए । ‘उनलाई नियन्त्रणमा लिएर सोधपुछ लगायत अनुसन्धान भइरहेको छ,’ उनले भने ।
केसीले विद्यार्थीलाई अष्ट्रेलिया, क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्दै आएका थिए ।