Monday, June 16Nepal News Portal
Shadow

एनसिसि बैंकद्वारा रक्तदान कार्यक्रम सम्पन्न


काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसिसि) बैंकको २५ औं वार्षिकोत्सवको उपलक्ष्यमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । बैंकको केन्द्रीय कार्यालय बागबजारमा एक बिशेष बिहीबार उक्त रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

बैंकले देशको सातै प्रदेशमा एकै साथ प्रथम पटक रक्तदान कार्यक्रमको आयोजना गरि मानव सेवामा आफ्नो समर्पण अनुकरणीय तवरले प्रस्तुत गरेको छ । केन्द्रीय कार्यालय बागबजारमा महिला र पुरूष गरि १२७ जनाले रक्तदान गरेका थिए । त्यस्तै केन्द्रीय कार्यालयसहित सातै प्रदेशमा जम्मा ६०० जना स्वयंसेवी रक्तदाताहरूले रक्तदान गरेका बैंकले जनाएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत रमेश प्रसाद राज अर्यालको प्रमुख आतिथ्यतामा आयोजित उक्त बिशेष कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यलाई पस्मिनाको गलबन्दी पहराई सम्मान–पत्र प्रदान गरिएको थियो । साथै बैंकका नायब प्रमुख कार्यकारी अधिकृत संदीप प्रसाद पाण्डेद्वारा बैंकको लोगो अंकित कप प्रदान गरि सार्वजनिक रूपमा बिशेष सम्मान गरिएको थियोे । नायब प्रबन्धक राज बज्राचार्यको संयोजनमा आयोजित उक्त कार्यक्रमको संचालन बैंकका नायब महाप्रबन्धक मुकुन्द सुबेदीले गरेका थिए।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्