Wednesday, September 18Nepal News Portal
Shadow

उपकारी बचत तथा ऋण सहकारीको १४ औं साधारणसभा सम्पन्न, स्वयंसेवी शतक रक्तदाता कर्माचार्यले गरे उद्घाटन



काठमाडौं । नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यको प्रमुख आतिथ्यतामा उपकारी बचत तथा ऋण सहकारी संस्थाको १४औ साधारणसभा सम्पन्न भएको छ । कालिमाटी स्थित एफ १० रेस्टुडेण्टको सभाकक्षमा शनिबार सम्पन्न भएको हो । प्रमुख अतिथि नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यद्वारा पानसमा दीप प्रज्वलन गरि उपकारी बचत तथा ऋण सहकारी संस्थाको १४औं साधारणसभाको उद्घाटन गरेका थिए ।

उद्घाटन मन्तब्यको क्रममा प्रमुख अतिथि नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता कर्माचार्यले रक्तदान उत्प्रेरणात्कम संदेश एवं नव गठित सञ्चालक समितिलाई बधाई र संस्थाको प्रगतिको कामना गरेका थिए । कर्माचार्यलाई उपकारी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष एवं कार्यकारी प्रमुख सुरेन्द्र शाक्यद्वारा खादा पहराई सम्मान गर्नुका साथै भगवान् बुध्दको मुर्ति मायाको चिनो स्वरूप प्रदान गरेका थिए ।

काठमाडौं महानगरपालिका वडा नम्बर १७ का वडा अध्यक्ष नवीन मानन्धर र संस्थाका सल्लाहकार प्रमिल स्थापित अतिथिको रुपमा उपस्थित रहेकी थिन् । रणसभाको सभापतित्व संस्थाका अध्यक्ष एवं कार्यकारी प्रमुख सुरेन्द्र शाक्यले गरेका थिए ।

कार्यक्रममा लेखा समितिको तर्फबाट बिनोद मानन्धरद्वारा संस्थाको ०७७-०७८ को आयव्यय प्रस्तुत गर्नुभएको सो कार्यक्रमलाई सञ्चालन अधिवक्ता सुमन पौेडेलले गरेका थिए । सर्वसम्मत चयन भएको नयाँ सञ्चालक समितिका अध्यक्ष सुरेन्द्र शाक्य, उपाध्यक्ष रामेश्वर महर्जन,सचिव दिपु बज्राचार्य,बिनोद मानन्धर सदस्यहरू क्रमशः दिनेश महर्जन,अनिल मानन्धर र आशाराम महर्जनलाई कार्यक्रमका प्रमुख अतिथि नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यद्वारा प्रमाण-पत्र प्रदान गरेका थिए ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्