Wednesday, February 12Nepal News Portal
Shadow

आज १८०० ले घट्यो सुनको भाउ


काठमाडौं, ९ मंसिर (ससं) । सुनको मूल्य एकै दिन प्रतितोला एक हजार ८०० रूपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएअनुसार आज एकै दिन भारी मूल्यको गिरावट आएको हो। हिजो (सोमबार) स्थिर रहेको छापावाल सुनको भाउ आज घटेर प्रतितोला ९२ हजार ५०० रूपैयाँमा पुगेको छ।

हिजो छापावाल सुनको भाउ ९४ हजार ३०० रूपैयाँ प्रतितोला कायम थियो।

यसैगरी आज तेजाबी सुनको मूल्य तोलाको ९२ हजार रूपैयाँ कायम भएको छ। हिजो तेजाबी सुनको मूल्य ९३ हजार ८०० रूपैयाँ थियो।

महासंघले चाँदीको भाउ आजका लागि प्रतितोला एक हजार १८० रुपैयाँ तोकेको छ। हिजो चाँदीको मूल्य एक हजार २१० कायम थियो।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्