Sunday, October 13Nepal News Portal
Shadow

सेवोनले दियो २ ओटा बीमा कम्पनीलाई हकप्रद निष्कासन गर्न अनुमति


काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेवोन)ले बुधवार दुई बीमा कम्पनीहरुलाई हकप्रद शेयर निष्कासनको अनुमति दिने निर्णय गरेको छ । बोर्डले आइएमई जनरल इन्स्योरेन्स र शिखर इन्स्योरेन्सलाई हकप्रद शेयर निष्कासनको लागि अनुमति दिने निर्णय गरेको हो । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले ४० प्रतिशत हकप्रद शेयर निष्कासनको लागि भदौ १७ गते बोर्डमा निवेदन दिएको थियो ।

बोर्डबाट स्वीकृति पाएसँगै कम्पनीले १० बराबर ४ को अनुपातमा ४६ करोड ३० लाख ३४ हजार ४०० रुपेयाँ बराबरको ४६ लाख ३० हजार ३४४ कित्ता हकप्रद शेयर निष्कासन गर्न पाउने भएको हो । आइएमई जनरल इन्स्योरेन्सको हकप्रद विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । हाल कम्पनीको चुक्तापूँजी १ अर्ब १५ करोड ७५ लाख ८६ हजार रुपैेयाँ रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले ४० प्रतिशत हकप्रद शेयर विक्रीको तयारी गरेको हो ।

त्यस्तै शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडलाई भने बोर्डले ३० प्रतिशत हकप्रद शेयर निष्कासनको लागि अनुमति दिने निर्णय गरेको हो । बोर्डबाट अनुमति पाएसँगै कम्पनीले १० बराबर ३ को अनुपातमा ५२ करोड ७५ लाख ५७ हजार २०० रुपैयाँ बराबरको ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद शेयर विक्री गर्ने बाटो खुला भएको छ ।

कम्पनीले जेठ गत २५ गते उक्त हकप्रद शेयर विक्रीको लागि बोर्डमा निवेदन दिएको थियो । हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ७५ करोड ८५ लाख २४ हजार रुपैयाँ छ । सोही पूँजीको आधारमा कम्पनीहरुले हकप्रद शेयर विक्री गर्न लागेको हो ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्