काठमाडौं । निरन्तर बढिरहेको बजारमा एक दुई दिन घट्नु स्वभाविक भएको जानकारहरुले बताएका छन् । आँत्तिएर साना लागनीकर्ताहरुले शेयर बेच्दा बजारमा मंगलबार र बुधबार दवाव सृजना भएको बताइएको छ । बजारको अहिलेको प्रकृति हेर्दा नयाँ रेकर्ड बनाउँने चरणमा रहेको विश्लेषण गरिएको छ ।
कोभिडको तेस्रो लहरले पनि शेयर बजारलाई प्रत्येक्ष प्रभाव पार्ने हु्ँदा नयाँ रेकर्ड बन्ने निश्चित जस्तो भएको शेयर विश्लेषक तुल्सीराम ढकाल बताउँछन् । उनका अनुसार कोभिडको तेस्रो लहर फैलन नदिन लकडाउन भए व्यापार व्यवसायमा जाने पैसा शेयर बजारमा भित्रिने हुँदा बजार बढ्न सहयोग पुग्ने उनको आकलन छ ।
बजार घट्नु अस्वभाविक थियो, नयाँ रेकर्ड बनाउदै जान्छः विश्लेषक अनलराज भट्ट
बजार सधै एउटै गतिमा बढ्ने र घट्ने गर्दैन । किन भने बजारको बढ्नु र घट्नु आफ्नै विशेषता हो । बजार बढ्नु वा घट्नुमा विभिन्न कुराले असर गरेको हुन्छ । यो विचको समयमा बजार घटेर २३०० विन्दु तल झरेको थियो । बजार यसरी घट्नु पर्ने केही प्राविधिक कारण त थिएन । यही बिचमा कहिले केन्द्रीय बैंकलाई त कहिने अर्थमन्त्रालयलाई दोष लगाइयो । कहिले नेपाल धितोपत्र बोर्डलाई दोष लगाइयो । नियामकले बजारलाई सँधै माथि लग्ने र सधै तल झार्ने नियम बनाउँदैनन् । नियामकको ध्यान जहिले पनि वित्तीय स्थायित्व कसरी कायम गर्न सकिन्छ, पुँजी बजारलाई कसरी विकास गर्न सकिन्छ भन्नेमा हुन्छ । हाम्रो ग्रोइङ इकोनोमी हो । इमजिङ इकोनोमी टाइपले हाम्रो जिडिपी बढ्दै छ । यो हिसाबले हेर्दा स्टक मार्केट बढ्दै जानु पर्ने हो । नबढ्ने भन्ने चाही म देख्दिन । किन भने हाम्रोमा कन्जुमर इन्भेष्टर थपिदैछन् । यसले डिमाण्ड बढ्दै छ । त्यसले गर्दा हामी ग्रोथिङ फेजमा छौं । अरु सेक्टर पनि आउँन बाँकी छ । अहिले वित्तीय क्षेत्र मात्र छन् । यसरी सबै सेक्टरहरु आवद्ध हुँदै गएपछि नयाँ नयाँ रेकर्ड कायम हुँदै जान्छन् ।
बजारले नयाँ रेकर्ड बनाउछ, लकडाउनले मात्र बजार बढेको हैनः विश्लेषक विष्णु प्रसाद बस्याल
पछिल्लो समय लक डाउन हुँदा बजार १६ प्रतिशतले मात्र वृद्धि भएको थियो । यो कोभिडको लहरले मात्र बजार बढेको भन्नु गलत हो । लकडाउन हुनुपूर्व नै १३० प्रतिशत बजार बढेको थियो । पहिल्लो समय लकडाउनले गर्दा बजार बढ्छ भन्नु गलत न्यारेटिभ हो । लकडाउनले गर्दा बजार बढ्छ भन्ने यो हामी गलत न्यारेटिभ सेट गर्दैछौं । म यसलाई विश्वास गर्दिन । पछिल्लो समय बजार घटेको जस्तो देखिएको छ । अझै पनि बजार एक डेढ सय घट्न सक्छ । अहिले २८०० विन्दुमा बजारले टेवा लिएको छ । अझैमाथि जाने सम्भावना बलियो छ ।
बजार बढ्नुमा तरतलताको आवश्यकता पर्दछ । यस्तो तरलता सहज हुनु पर्छ । बैंकिङ च्यानलबाट आएको लगानी अरु क्षेत्रमा प्रोत्साहन नहुँदा शेयर बजारमा आउँने गर्छ । यो अभ्यास नेपालमा मात्र नभएर विश्वभरी नै प्रचलनमा छ । अहिलेको स्थिति हेर्दा बजार बढ्ने संकेत देखिन्छ । मुख्य आधार हेर्ने हो भने तरलता सहजता नै हो । अर्को कुरा चाही कम्पनीहरुले कमाउने नाफामा पनि भर पर्छ । अहिलेको अवस्थामा नेपालको शेयर बजारमा सूचिकृत भएका कम्पनीहरुले कमाइरहेका छन् । घाटा कसैले पनि व्यहोर्नु परेको छैन । यो पुँजीबारको सकारात्मक पक्ष हो । त्यसैगरी इजी मनिले गर्दा पनि पुँजीबजारमा पैसा आइरहेको छ । अर्को बजार बढ्ने कारण खोज्ने हो भने पुँजीबजारमा प्रवेश गर्ने लगानीकर्ताको संख्या पछिल्लो १÷२ वर्षमा बढ्दै गएको छ । यसले हाम्रो विभिन्न ठाउँमा छरिएर रहेका बचत पुँजीबजारमा आइरहेको अवस्था छ ।
अब बजार पोजेटिभ नै हुन्छः विश्लेषक तुल्सीराम ढकाल
शेयर बजार सधै बढि रहने र घटीरहने हुँदैन् । २२६० विन्दुमा झेरेको बजार इन्डेक्स साढे २९०० विन्दुमा पुगेको हो । बजारमा केही करेक्सन भएको हो । बजार दैनिक रुपमा घट्ने र बढ्ने हुँदैन । अब १००÷५० अंक करेक्सन आउँन सक्छ । एउटा उचाइमा पुग्न विश्राम त गर्नै पर्छ । त्यही भएर बजार अब एउटा नयाँ विन्दुमा पुग्छ पुग्छ । चुनावका कुराले गर्दा पनि बजारले नयाँ उचाई बनाउँछ । त्यसैगरी यो कोभिडको तेस्रो लहर बढ्दै गयो भने पनि बजार बढ्छ । किन भने घरबाट बाहिर निस्कन सक्ने अवस्था हुँदैन, नयाँ व्यापार व्यावसाय खोल्ने सोच हुँदैछ । घरमा बसेर अनलाइनबाट शेयर खरिद विक्री गर्न सक्ने सहजता भएकाले पुँजीबजारमा नै पैसा आउछ र ३२०० को उच्चाईलाई ब्रेक गर्न सक्छ ।