Wednesday, February 12Nepal News Portal
Shadow

सशस्त्र प्रहरी निरीक्षकको कोभिड-१९ संक्रमणका कारण मृत्यु


काठमाडौं, ९ मंसिर (ससं) । मोरङमा सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक नवीन बुढाथोकीको कोरोना भाइरस (कोभिड-१९) संक्रमणका कारण मृत्यु भएको छ।

मंगलबार बिहान उपचारको क्रममा उनको मृत्यु भएको हो। उनी सशस्त्र प्रहरी बल ३ नम्बर गण मोरङमा कार्यरत थिए।

सशस्त्र प्रहरी बलका प्रहरी नायव महानिरीक्षकका अनुसार कात्तिक २७ गते विराट मेडिकल कलेजमा बुढाथोकी भर्ना भएका थिए।

उच्च ज्वरो र श्वासप्रवासमा समस्या देखिएका उनलाई भेन्टिलेटरमा राखिएको थियो। पीसीआर परीक्षण गर्दा उनमा कोरोना संक्रमण पोजिटिभ देखिएको थियो।

 

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्