Wednesday, February 21Nepal News Portal
Shadow

गुडवील फाइनान्सद्वारा शेयरधनीको बैंक खातामा नगद लाभांश जम्मा


काठमाडौं । गुडवील फाइनान्स लिमिटेडले शेयरधनीहरुको बैंक खातामा नगद लाभांश जम्मा गरिदिएको छ । कम्पनीले पुस २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ३ दशमलव ९ प्रतिशत नगद लाभांश बैंक खातामा नगद लाभांश जम्मा गरिदिएको हो ।
पुस १५ गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीको खातामा जम्मा गरिदिएको कम्पनीले जनाएको छ ।

पुस १५ गतेपछि बैंक खाता अद्यावधिक गराएका शेयरधनीको हकमा पनि क्रमशः बैंक खातामा नै नगद लाभांश जम्मा हुने जानकारी गराएको छ । साथै हालसम्म पनि शेयर आभौतिकीकरण नगराएका शेयरधनीकाले यथाशिघ्र डिम्याट खाता खोलेको सम्बन्धित निक्षेप सदस्यकोमा सम्र्पक गरी शेयर प्रमाणपत्र अभौतिकरण गर्न अनुरोध गरेको छ ।

त्यसपछि नेपाल क्लियरिङ हाउस अन्तर्गत आईपीएस सदस्यता प्राप्त बैंक तथा वित्तीय संस्थामा रहेको बैंक खाता नम्बर सहितको विवरण अद्यावधिक गराएपछि नगद लाभांश शेयरधनीको बैंक खातामा नै जम्मा हुनेछ ।

कम्पनीको शेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

Total Page Visits: 695 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्