Tuesday, June 18Nepal News Portal
Shadow

सर्वोत्तम सिमेन्टले बुक विल्डिङबाट ६० लाख कित्ता सेयर निष्कासन गर्ने


काठमाडौं । सर्वोत्तम सिमेन्टको तेस्रो वार्षिक साधारणसभाले लेखा परीक्षकको प्रतिवेदनसहितको आर्थिक वर्ष २०७७र२०७८ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण पारित गर्ने निर्णय गरेको छ । आव २०७७र२०७८ को लागि सञ्चालक समितिले सिफारिस गरे बमोजिम लेखापरीक्षकमा सुवास एण्ड कम्पनी चार्टर्ड एकाउन्टेण्टस्लाई नियुक्त गर्ने निर्णय पनि गरेको हो ।

साथै, विशेष प्रस्तावहरुअन्तर्गत धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्काशन ६० लाख कित्ता सेयर निष्काशन बुक विल्डिङ विधिबाट गर्ने निर्णय भएको छ । त्यसैगरी, धादिङको रोरांग गाँउपालिकाको कान्द्रांगगढी चुनढुंगा भण्डारणको उत्खनन् गर्न १५ करोड १ लाख मात्र रुपैयाँमा खानी खरिद गर्ने सञ्चालक समितिको निर्णयलाई पनि वार्षिक साधारणसभाले अनुमोदन गरेको जनाइएको छ ।

Total Page Visits: 465 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्