काठमाडौं । केन्द्रीय तथ्याङ्क विभागले हालै सार्वजनिक गरेको तथ्यांक विवरणअनुसार हिमाली जिल्ला मनाङमा जनसङ्ख्याभन्दा मतदाताको संख्या बढी देखिएको छ । विभागले मा १२ गते सार्वजनिक गरेको प्रारम्भिक विवरणअनुसार मनाङको जनसङ्ख्या पाँच हजार ६४५ रहेको छ ।
विसं २०७७ चैतसम्म १८ वर्ष पूरा भएका मतदाताको सङ्ख्या ६ हजार ३०९ रहेको थियो भने चालू आर्थिक वर्षको साउनदेखि कात्तिकसम्म ६ हजार ६१२ मतदाता थपिएका हुन् । अहिले सार्वजनिक भएको तथ्याङ्क विसं २०७४ को मतदाताको सङ्ख्याभन्दा कम देखिएको हो ।
उक्त तथ्याङ्कअनुसार जिल्लाको जनसङ्ख्याभन्दा मतदाता सङ्ख्या भने बढी देखिएको छ । अहिले सार्वजनिक भएको जनसङ्ख्या भन्दा ९६७ सङ्ख्याले मतदाता बढी रहेको देखिएको हो ।
जनगणना २०७८अनुसार सोही जिल्लाकोनार्पाभूमि गाउँपालिकामा ४४२ अर्थात् सबैभन्दा कम जनसङ्ख्या रहेको छ ।
प्रारम्भिक जनगणना पहिलो चरणमा गत भदौ ३० देखि असोज १८सम्म र दोस्रो चरणमा गत कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म भएको थियो ।
मतदाता सङ्ख्याभन्दा जनसङ्ख्या कम भएपछि गणक, पर्यवेक्षक तथा निर्वाचन आयोगले सङ्कलन गरेकामध्ये कुन चाहिँ तथ्याङ्क सही भनेर पहिचान गर्न मुस्किल भएको छ।