Wednesday, December 6Nepal News Portal
Shadow

हत्या गरेको आरोपमा एक व्यक्ति पक्राउ


काठमाडौं, ९ मंसिर (ससं) । महोत्तरीको बर्दिवास नगरपालिका–१४ सुगम बस्तीकी ६ वर्षीया बालिका गुलाप्सा खातुनको हत्या आरोपमा एक युवक पक्राउ परेका छन्।

इलाका प्रहरी कार्यालय बर्दिबासको प्रहरी टोलीले गएराति बालिकाको हत्या आरोपमा २६ वर्षीया अरूणकुमार साहलाई पक्राउ गरेको हो।
उनी गौशाला नगरपालिका–५ जिरो माइलका हुन्।

प्रारम्भीक अनुसन्धानको क्रममा पक्राउ परेका साहले उनको पसलमा सामान किन्न आएकी ती बालिकालाई पसलको पछाडिको कोठामा लगी तौलियाले घाँटी थिच्दा मृत्यु भएको बताएको प्रहरीले जनाएको छ।

बालिकाको मृत्युपछि शव आफू सुत्ने कोठामा लगेर राखेको र सोमबार साँझ शव बोरामा हाली घर भन्दा ४० मिटर टाढा बारीमा फालेको खुलेको छ।

घटनाको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतका अनुसार घटनापछि अरूणले गौशाला नगरपालिका–५ स्थित घरमा गइ घर परिवारलाई घटनाबारे जानकारी गराएको पाइएको छ।

उनलाई बुबाले इलाका प्रहरी कार्यालय गौशालामा पुर्‍याएपछि प्रहरीले पक्राउ गरेको हो।

घटनाको विषयलाई लिएर मृतकका आफन्त र स्थानीयले साहको पसल भएको घरमा आगजनी गरेका छन्। साथै, बर्दिबास नगरपालिका–१४ स्थित चोकमा सडक अवरोध गरेका छन्।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय महोत्तरी, इलाका प्रहरी कार्यालय बर्दिबास तथा सशस्त्र प्रहरी बलबाट समेत खटिएको प्रहरीले स्थितिलाई नियन्त्रणमा लिने प्रयास तथा घटनाबारे अनुसन्धान गरिरहेको छ।

Total Page Visits: 532 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्