Monday, June 17Nepal News Portal
Shadow

श्री एयरलाइन्सले थप्यो एक महिनामा दुई जहाज


 

काठमाडौं । श्री एयरलाइन्सले एक महिनाको अवधिमा दुईवटा एयरक्राफ्ट थपेको हो । एक महिना अगाडि एक जहाज थपेको श्रीको थप एक जहाज शुक्रबार काठमाडौं ल्याएने जनाइएको छ ।

भारतबाट साँझ ८ बजेसम्म काठमाडौं आइपुग्ने कम्पनीका प्रवन्धक अनिल मानन्धरले जानकारी दिएका छन । उनकाअनुसार श्रीले पछिल्लो समय क्यू४००(८ विमान थप गरेको हो । उक्त जहाज ८० सीट क्षमताको हो । क्यानडामा बनेको यो जहाजमा दुई इन्जिन रहेका छन् । यी दुई जहाजको कलसाइन ९एन(एएनआर र ९ एन(एएनएस राखिएको छ ।

 

अव श्री कम्पनीसँग कुल ८ वटा ठूला जहाज पुगेको छ । श्रीसँग यसअघि नै ड्यास क्यू ४०० जहाज दुई वटा रहेका थिए । यसबाहेक सीआजे २०० ९५० सिटे० र सीआरजे ७०० ९७० सिटे० जहाज दुईरदुई रहेका छन् ।

यसबाहेक कम्पनीसँग ६ वटा एमआइ१७ हेलिकोप्टर र दुई वटा एएस३५० बी३ई हेलिकोप्टर रहेका छन् । थप जहाजबाट श्रीले अब तुम्लिङटार तथा सुर्खेत विमानस्थलमा उडान थप गर्ने र साविकका गन्तब्यमा उडान संख्या थप्ने बताएको छ ।

Total Page Visits: 892 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्