Tuesday, December 5Nepal News Portal
Shadow

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले १० वटा राँगा नियन्त्रणमा


काठमाडौं ९ मंसिर (ससं) । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले १० वटा राँगालाई नियन्त्रणमा लिएको छ। अवैध रूपमा भारतबाट नेपालतर्फ ल्याएको भन्दै ती राँगाहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

सोमबार साँझ साढे ७ बजे इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरी टोलीले सोही नगरपालिकाको वडा नम्बर–१ डुमाईबाट ६ वटा र सोमबार साँझ नै करिब ८ बजे इलाका प्रहरी कार्यालय बहादुरगञ्ज कपिलवस्तुबाट खटिएको टोलीले कृष्णनगर नगरपालिका वडा नम्बर–८ देवनगडीबाट चार वटा राँगालाई नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले नियन्त्रणमा लिइएका सबै राँगालाई आवश्यक कारबाहीको लागि भन्सार कार्यालय कृष्णनगर कपिलवस्तुमा पठाएको जनाएको छ।

प्रहरीका अनुसार ती राँगाहरू कसले ल्याएको भन्ने खुल्न सकेको छैन ।

Total Page Visits: 780 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्