काठमाडौं । स्थानीय तहको निर्वाचन आगामी जेठभित्रनै हुने भएको छ । सत्ता गठबन्धनले जेठभित्रै स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको हो । बालुवाटारमा शनिबार बसेको सत्ता घटक दलहरुको बैठकले जेठ मसान्त भित्रै स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको छ ।
बैठकले जेठभित्रमा स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सुझाव दिने निर्णय गरेको बैठकमा सहभागी सञ्चार तथा सूचनाप्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
निर्वाचन आयोगसँग परामर्श गरेर सरकारले निर्वाचनको मिति तय गर्नेछ ।